केन्याविरुद्धको पहिलो एकदिवसीयमा प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग आज एकदिवसीय क्रिकेट खेल्दै छ । पाँच खेलको टी-ट्वान्टी सिरिज र ३ खेलको एक दिवसीय सिरिजका लागि नेपाली टिम केन्या गएको हो ।
टी-ट्वान्टी सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको नेपालले आजदेखि एक दिवसीय सिरिज खेल्न लागेको हो । नेपाल र केन्याबीचको पहिलो एक दिवसीय क्रिकेट खेल आज दिउँसो पौने १ बजेदेखि सुरु हुने छ ।
केन्याविरुद्ध जित निकाल्दै सिरिजमा अग्रता बनाउने लक्ष्यमा नेपाल रहँदा केन्या भने टी-ट्वान्टी सिरिज गुमाएको बदला लिनका लागि पनि पहिलो जितको खोजिमा हुने छ । केन्याविरुद्धको खेलमा नेपाली टिमका उपकप्तान रोहित पौडेलले कप्तानी गर्ने भएका छन् ।
टी-ट्वान्टी सिरिज पछि नियमित कप्तान सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न उतैबाट वेस्टइन्डिज गएपछि एक दिवसीय सिरिजको कप्तान पौडेलले गर्न लागेको हुन् । दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुने छ ।
प्रतिक्रिया