सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो
नेपालखोज
२०७९ भदौ १७ गते १०:४५

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँको भाउ घटेको छ भने चाँदीको बढेको छ । छापावाल सुन प्रतितोला १ सयले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ १ रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९२ हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ११ सय रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया