शनिबार, वैशाख २७, २०८२

केन्याविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल ७ विकेटले विजयी

नेपालखोज २०७९ भदौ १८ गते ६:५३

काठमाडाैं । केन्याविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल ७ विकेटले विजयी भएको छ । घरेलु टोली केन्याले नेपाललाई २१९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले ३ विकेट गुमाएर ४७.२ ओभरमा ३ विकेट गुमाएर २२१ रन बनाउँदै जित पक्का गरेको थियो । जितसँगै नेपाल एक दिवसीय क्रिकेटमा १–० ले अघि बढेको छ । 

टस जितेर पहिला व्याटिङ गरेको केन्याले निर्धारित ओभरको ११ बल बाँकी हुँदा सबै विकेट गुमाएर २१८ रन बनाएको थियो । नेपालले अल आउट गर्ने क्रममा सोमपाल कामी र करन केसीले ३–३ विकेट लिँदा आदिल अन्सारी र पवन शर्राफले एक एक विकेट लिए ।

दुई विकेट भने नेपालले रनआउट गरेको थियो । केन्याका लागि रकिप पटेल ६७ रनमा आउट हुँदा कोन्लिस ओवुया ६२  रनमा रनआउट भएका थिए । यसैगरी सचिन वुदिया २६ रनमा रनआउट भएपछि केन्या ठूलो स्कोर गर्न रोकिएको थियो । इरफान करिमले ३० रन जोडे ।  शतक प्रहार गरेका आशिफ शेख म्यान अफ द म्याच बनेका छन् ।

प्रतिक्रिया