सुनचाँदीको मूल्य सामान्य बढ्यो
नेपालखोज
२०७९ भदौ २० गते १०:४०

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १ सयले घटेर ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ १ रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९३ हजार १ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया