महिला साफ च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाडाैं । छैटौं संस्करणमा साफ महिला च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरूहुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।
खेल साढे ५ बजेदेखि सुरुहुने छ । पाँच संस्करणसम्म आइपुग्दा नेपाल ४ पटक फाइनल खेले पनि उपाधि विहीन बन्दै आएको छ भने लगातार सबै संस्करणको उपाधि भारतले मात्रै जितेको छ । घरेलु मैदानमा नेपाल पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छ । नेपालभन्दा भुटान कमजोर टिम भएकाले समूह चरणमा खासै चुनौती नहुने अनुमान गरिएको छ ।
छैटाैं संस्करणको साफ च्याम्पियनसिपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भूटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए र समूह बी । नेपाल भने सजिलो मानिएको समूह बी मा परेको छ ।
नेपालको समूहमा श्रीलङ्का र भूटान छन् । यी दुई टोलीले अहिलेसम्म फाइनल यात्रा तय गरेका छ्रैनन् । समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन् । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यो खेल भने भदौ २७ गते हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
यसपटकको साफ च्याम्पियनसिपमा नेपाली कप्तानीको जिम्मेवारी २६ वर्षीय गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले पाएकी छिन् । प्रतियोगिताको तयारी दौरान नियमित कप्तान रेनुका नगरकोटी घाइते भएपछि सुब्बाले अवसर पाएकी छिन् ।
प्रतिक्रिया