चौबीस घण्टामा ३०० संक्रमित, १२४ जना निको
नेपालखोज
२०७९ भदौ २१ गते १६:३६

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ३०० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट मृत्यु हुनेको सङख्या शून्य रहेको छ ।
मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको नमुना परीक्षण गर्दा ३०० जनामा कोरोना संक्रमण देखिएको हो ।
१ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जनामा र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२४ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने २ हजार ४५७ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया