एसिया कप क्रिकेट : पाकिस्तान र श्रीलंका फाइनलमा
नेपालखोज
२०७९ भदौ २३ गते ७:१९

काठमाडाैं । साविक विजेता भारत एशिया कप टी-ट्वान्टी क्रिकेटबाट बाहिर भएको छ । सुपर फोर अन्तर्गत आज भएको खेलमा अफगानिस्तानमाथि पाकिस्तानले १ विकेटको जित दर्ता गरेसँगै भारतको फाइनल पुग्ने सम्भावना सकिएको हो ।
सुपर फोरका लगातार २ खेल गुमाएको भारत फाइनल पुग्नका लागि अफगानिस्तानसँग पराजित भएमा मात्रै थोरै सम्भावना बाँकी रहेको थियो । तर अफगानिस्तानमाथि १ विकेटको जित दर्ता गर्दै पाकिस्तान र श्रीलंकाले फाइनल यात्रा तय गर्न सफल भए । अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई अन्तिम ओभरमा ११ रन आवश्यक रहेको थियो ।
सुपर फोरको अन्तिम खेलमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ। यो खेल शुक्रबार हुने छ । फाइनल पनि यी दुई टिम नै आमने सामने हुने छन् ।
सम्बन्धित
प्रतिक्रिया