भलिबल संघको अध्यक्षमा चन्द प्यानल विजयी
नेपालखोज
२०७९ भदौ २३ गते ७:५५

काठमाडाैं । नेपालकाे राष्ट्रिय खेल भलिबलकाे नेपाल भलिबल संघमा जीतेन्द्रबहादुर चन्द प्यानल विजयी भएकाे छ । बुधबार राति भएकाे निर्वाचन पछि बिहीबार बिहान सार्वजनिक भएकाे मत परिणाम अनुसार चन्द निर्वाचित भएका हुन् ।
१२८ मत खसेकाेमा चन्दले ७६ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी निराेज मास्केले ५० मत प्राप्त गरिन् । चन्द नेपाल भलिबल संघकाे २ कार्यकाल महासचिव भएका व्यक्ति हुन् भने मास्के उपाध्यक्ष रहेकी थिइन् ।
यसैगरी महासचिवमा पनि चन्द समूहकै राेशन श्रेष्ठ निर्वाचित भए । उनले ८५ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्ध मनबीर छन्त्यालले ३९ मत प्राप्त गरे ।
सम्बन्धित
प्रतिक्रिया