बिहीबार, असार १९, २०८२

चौबीस घण्टामा २२७ संक्रमित, १ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ २३ गते १५:५०

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर २२७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट १ जनाको मृत्यु भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ४०१ जनाको नमुना परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ५१८ जनाको पीसीआर परीक्षण गर्दा १३७ जनामा र २ हजार ८८३ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६८ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने २ हजार ४७३ पुगेको छ ।

प्रतिक्रिया