शनिबार, वैशाख २७, २०८२

राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित भए कप्तान सन्दीप लामिछाने

नेपालखोज २०७९ भदौ २३ गते २०:०७

काठमाडाैं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने राष्ट्रिय टीमबाट निलम्बित भएका छन् । बालिका करणीको आरोप लागेका लामिछानेमाथि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँगै उनी निलम्बित भएका हुन् ।

क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’

मंगलबार राति लामिछानेविरुद्ध जाहेरी परेको थियो । तर उनी हाल नेपालबाहिर छन् । उनले विदेश जानुअघि १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । 

प्रतिक्रिया