माता कालीकाे पूजा विधि !

दुई तरिकाबाट माता कालीको पूजा गरिन्छ, एक सामान्य र अक्रो तन्त्र पूजा । सामान्य पूजा जो कोहिले पनि गर्न सक्छन् तर तन्त्र पूजा बिना गुरूको संरक्षण र निर्देशन विना सकिँदैन । कालीको उपसाना मध्य रात्रीको हुन्छ । माता कालीको पूजामा कालो तथा रातो वस्तुको महत्व हुन्छ । माता कालीको मन्त्र जप भन्दा पनि यिनको ध्यान गर्न अति उत्तम मानिन्छ । माता कालीको घरमा पूजा गर्नाले छिटै फल प्राप्त हुन्छ । सरसफाइ र शुद्धताका साथ माता कालीको पूजा गर्ने सहि समय मध्य राति मानिन्छ ।
माता कालीको उपासना शत्रु र विरोधीलाई शान्त गर्नाका लागि गरिन्छ तर कसैको मृत्यका लागि भने हाेइन । तपाईं विरोधी अथवा कुनै शत्रुबाट चिन्तित हुनुहुन्छ भने यसको उपाय यस प्रकार रहेको छ- तपाईंको शत्रुले तपाईलाई दुख दिई रहेको छ भने तपाईं रातो कपडा लगायर रातो आसनमा बसी माता कालीलाई दियाे र धूप बाल्नुहाेस् । मातालाई प्रसादको रुपमा पेडा र ल्वाङ चढाउने । यस पछि ‘ऊँ क्रीं कालिकायै नमः’ को ११ माला जाप गरेर, शत्रुबाट मुक्तिका लागि प्रथाना गर्ने । मन्त्र जप गरिसके पछि १५ मिनेट जति पानी नछुने । यो लगातार २७ रातसम्म गर्ने ।
माता कालीको पूजा विधिमा कालीको घर मै पूजा गर्ने । आफ्नो घरमा माता कालीको प्रतिमा स्थापित गर्ने । यसमा तिलक लगाउने र फुल अप्रित गर्ने । माता कालीको पूजामा रातो रंगको फूल र कालो रंगको कपडा प्रयोग गर्ने । आसनमा वसेर प्रतिदिन माता कालीको मन्त्र १०८ पटक जप गर्ने ।
प्रतिक्रिया