चौबीस घण्टामा १०४ संक्रमित, २ जनाको मृत्यु
नेपालखोज
२०७९ भदौ २६ गते १६:३९

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर १०४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट २ जनाको मृत्यु भएको जनाइएको छ ।
मन्त्रालयका अनुसार ३ हजार ५८७ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण देखिएको हो ।
१ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा र १ हजार ९९५ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २०१ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने २ हजार ३१६ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया