महिला साफ च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित
नेपालखोज
२०७९ भदौ २७ गते १९:४७

काठमाडाैं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताम नेपालले लगातार दोस्रो जित हात परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तर पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो ।
यसअघि नेपालले भुटानलाई पराजित गरेको थियोे । यो जितसँगै नेपाल सेमिफाइनलमा पुगेका छ । नेपालको जितमा सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाही एक/एक गोल गरे भने अमिशा कार्कीले दुई गोल गरिन् । सरुले खेलको १० मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११ मिनेटमा गोल गरिन् ।
अमृताले खेलको १७ मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् । नेपालकी अर्की खेलाडी अमिशाले खेलको ७६ मिनेट र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरिन् ।
सम्बन्धित
प्रतिक्रिया