शुक्रबार, जेठ ३, २०८२

भारतमा थप ५ हजार कोरोना संक्रमण

नेपालखोज २०७९ भदौ २९ गते १४:१६

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप पाँच हजार संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ संक्रमित भएका हुन् ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा पाँच हजार ६७५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ३९ लाख ३६ हजार ९२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा तीन लाख ५५ हजार २३१ जनाको कोरोना परीक्षण गरिएको थियो । भारतमा कोरोना भाइरस न्युनिकरणका लागि देशव्यापी नि:शुल्क खोप अभियान चलाईरहेपनि दैनिक रुपमा हजारौ मानिस संक्रमित भइरहेका छन् । मृतकको सङ्ख्या भने पछिल्लो समय निकै घटेको पाइएको छ ।

प्रतिक्रिया