शनिबार, वैशाख २७, २०८२

बहराइनसँग फराकिलो हारसँगै नेपाल प्रतियोगिताबाट बाहियाे

नेपालखोज २०७९ भदौ ३० गते ७:२९

काठमाडाैं । नेपाल एएफसी यू-ट्वान्टी एसियन कप छनोटबाट बाहिर भएको छ । गएराति भएको खेलमा घरेलुटोली बहराइनसँग ६–० गोलको फराकिलो अन्तरले पराजित भएको नेपालले अर्को वर्ष हुने एसियन कपमा पुग्ने सबै सम्भावना पनि गुमाएको छ । लगातार तीन खेलमा पराजित भएको नेपालले अब एउटा मात्रै खेल खेल्न बाँकी छ । 

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा घरेलु टोली बहराइनलाई जिताउन अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरेका थिए ।

समूह ‘बी’ मा बहराइनले पहिलो जित निकाल्दा २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा नेपाल भुटानसँग र दोस्रो खेलमा कतारसँग नेपाल पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ ।  

प्रतिक्रिया