शुक्रबार, असार २०, २०८२

पर्सिदेखि सार्वजनिक स्थानमा धूमपान गरे कारबाही !

नेपालखोज २०७९ भदौ ३० गते ७:४५

काठमाडौं । काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान निषेध गरेको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।

सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया