शनिबार, वैशाख २७, २०८२

नवौं राष्ट्रिय खेलकुद : उपाधिका लागि आर्मी र पुलिस खेल्ने

नेपालखोज २०७९ भदौ ३० गते १९:५८

काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष क्रिकेटको उपाधिका लागि दुई विभागिय क्लव त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्ने भएका छन् । आज भएको पहिलो सेमिफाइनल मैदान खेल्न योग्य नभएका कारण रद्द हुँदै आर्मी फाइनल पुगेको थियो ।

आर्मी र सुदूरपश्चिमबीचको खेल रद्द भएसॅंगै समूह बिजेताको हैसियतमा आर्मी फाइनल पुगेको हो । त्यस्तै आज भएको दोस्रो सेमिफाइलमा नेपाल पुलिसलेएनआरएनएलाई १३ रनले पराजित गर्दै फाइनलमा आर्मीसॅंगको भेट पक्का गरेको हो ।

आठ ओभरमा खेलाइएको खेलमा पहिलाब्याटिङ गरेको पुलिसले ६ विकेट गुमाउँदै ११० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको एनआरएनएले तीन विकेट गुमाउदै जम्मा ९७ रन बनायो । एनआरएनए स्नाम गौतमले ४६, सागर पुनले ३७ दिनेश खरेलले ४ रन बनाउदा पृथु बासकोटा १ रनमा अविजित रहे । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले दुई तथा पवन सर्राफले एकविकेट लिए ।

प्रतिक्रिया