शनिबार, वैशाख २७, २०८२

रोजर फेडररले गरे सन्यासको घोषणा

नेपालखोज २०७९ भदौ ३१ गते ७:०७

काठमाडाैं । टेनिसका स्टार खेलाडी रोजर फेडेररले सन्यासको घोषणा गरेका छन् । स्वीट्जरल्याण्डका फेडेररले आउँदो साता लन्डनमा हुने लेवर कप टेनिस पछि खेलाडीको करियर समाप्त गर्ने घोषणा गरेका हुन् ।

फेडरर विश्वमा तेस्रो सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी हुन् । उनले करियरमा कुल २० ग्रान्डस्लाम जितेका छन् । यसमा ६ वटा अष्ट्रेलियन ओपन, एक फ्रेन्च ओपन, आठ विम्बल्डन र पाँच युएस ओपन रहेका छन् ।

प्रतिक्रिया