शनिबार, वैशाख २७, २०८२

महिला साफ च्याम्पियनसिप : फाइनल खेलका लागि नेपाल र भारत खेल्दै

नेपालखोज २०७९ भदौ ३१ गते ७:२०

काठमाडाैं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आज हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे भुटान र बंगलादेश आमने सामने हुँदै छन् ।

भुटान पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा रहँदा बंगलादेश दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ । २०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसिपमा भुटानले पहिलो पटक समूह चरण पार गरेको हो भने यसअघि बंगलादेशले २०१६ मा मात्रै सेमिफाइनल खेलेको थियो ।

यस्तै आजै साँझ साढे ५ बजे घरेलु टोली नेपाल र भारतबीच दोस्रो सेमिफाइनल खेल हुँदै छ । प्रतियोगिताका पछिल्ला ५ संस्करणमध्य यी दुई टिमले २०१६ को प्रतियोगितामा बाहेक हरेक प्रतियोगितामा फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया