नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको स्वर्ण पदक पुलिसलाई
नेपालखोज
२०७९ भदौ ३१ गते १८:५६

काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबले पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ । असोज २८ गतेदेखि नवौं सुरु हुने भनिए पनि क्रिकेट प्रतियोगिता भने पहिला नै भएको हो । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले नवौंमा स्वर्ण पदकको खाता खोल्न पनि सफल भयो ।
आर्मीले दिएको १०४ रनको लक्ष्य पुलिसले ६.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । वर्षाका कारण ८ ओभरमा छोट्याइएको खेलमा पहिला ब्याटिङ गरेको आर्मीले ७ विकेट गुमाएर १०३ रन बनाएको थियो ।
आजै भएको खेल रद्द भएपछि सुदूरपश्चिमले कास्य पदक हात पारेको छ । एनआरएनसँगको खेल वर्षाका कारण सम्भव नभएपछि टस जितेको टोली सुदूरपश्चिमले कास्य पदक जित्न सफल भयो ।
सम्बन्धित
प्रतिक्रिया