सोमबार, असार २३, २०८२

महानगरको वडा नं. ५ द्धारा १ हजार जनालाई राहत वितरण

नेपालखोज २०७६ चैत २२ गते १७:३१

काठमाडौं । कोरोना भाईरसको संक्रमणका कारण सरकारले लकडाउन गरेपछि विपन्न परिवार खाद्यान्नको अभावमा पर्न थालेका छन् । नागरिकहरुलाई खाद्यान्न अभाव नहोस् भन्नका लागि गृह मन्त्रालयको परिपत्र अनुसार स्थानीय सरकारले आआफ्नो क्षेत्रमा राहत वितरण गर्न थालेको छ ।

यसै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर–५ ले आफ्नो वडामा बसोबास गर्दै आएका विपन्न परिवारलाई हिजो शुक्रबार र आज शनिबार गरी करिब एक हजार जानलाई राहत प्याकेज वितरण गरेको छ । प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा वितरण गरिएको उक्त राहत प्याकेज लिन वडा नंम्बर ५ मा बसोबास गर्दै आएका आम नागरिक र विभिन्न जिल्लाबाट हाँडीगाउँमा आएर ज्याला मजदुरी गर्दै बसेका परिवारको सहभागिता रहेको थियो ।

वडा नम्बर–५ ले शुक्रबार र शनिवारमात्र नभइ त्यस अघि पनि पटकपटक राहत बाडिसकेको काठमाडौं महानगरपालिका वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले बताए । उनले भने ‘हामीले ज्याला, मजदुरी गर्नेदेखि विपन्न परिवारलाई कोरोनाको यो महामारीमा सकैले भोक्कै बस्न नपरोस् भनेर राहत वितरण गरेका हौं ।’

राहत वितरण गर्न सहज नभएको उनले बताए । टोलटोलमा गएर तथ्यांक संकलन गर्दा समेत नामावलीमा नपरेका धेरै मानिस राहत बाडेको थाहा पाएर आउनु भयो,’ उनले भने ‘राहत वितरणलाई व्यवस्थित बनाउन हामीले कुपन सिष्मम अनुसार राहत बाडेका छौं । कुपन नपाउनेलाई दिन सकिएन ।’ उहाँहरूलाई हामी पुनः हुनसक्ने जति व्यवस्था गछौं ।’

प्रतिक्रिया