शनिबार, असार ७, २०८२

युरो एकको खरिददर १२६ रुपैयाँ ९२ पैसा, बिक्रीदर १२७ रुपैयाँ ५२ पैसा

नेपालखोज २०७९ असोज २ गते ७:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ १९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५२ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९३ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८८ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया