शनिबार, असार ७, २०८२

घुम्ती सेवामार्फत सिलिन्डर बिक्री

नेपालखोज २०७६ चैत २३ गते ७:०५

काठमाडौं । नेपाल आयल निगमले लक डाउन अवधिमा घुम्ती सेवामार्फत शुक्रबारसम्म ६ सय ८८ वटा सिलिन्डर बिक्री गरेको छ। निगमले विभिन्न ग्यास सिलिन्डर उत्पादक उद्योगको सहकार्यमा घुम्ती सेवामार्फत सिलिन्डर बिक्री गर्न सुरु गरेको हो।

गत मंगलबारदेखि सुरु भएको यो सेवामार्फत निगमले १२ वटा समूहका लक्षित वर्गलाई सशुल्क रूपमा सिलिन्डर वितरण गरेको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार आपतमा परेका लक्षित वर्गलाई ग्यास सिलिन्डर उपलब्ध गराउन घुम्ती सेवाका लागि दुई वटा भ्यान परिचालन गरिएको छ। यस्तै टेकुस्थित कार्यालयमा छुट्टै घुम्ती सेवा कार्यालय स्थापना गरी विभिन्न १८ वटा ग्यास सिलिन्डर उत्पादक उद्योगसँग सहकार्य गरी ग्यास सिलिन्डर वितरण गर्न थालिएको हो। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।

प्रतिक्रिया