शनिबार, वैशाख २७, २०८२

इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

नेपालखोज २०७९ असोज ३ गते ७:५७

काठमाडाैं । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

शनिबार राति भएको खेलमा टोटेनहमले लेस्टर सिटीलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको हो । जितसँगै टोटनह्यामको ७ खेलमा १७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित लेस्टर भने ७ खेलमा १ बराबरीसँगै १ अंकसाथ पुछारमा छ । शनिबार नै भएको अर्को खेलमा न्युकासल युनाइटेड र बर्नमाउथको खेल १–१ को बराबरी खेलेका थिए ।

प्रतिक्रिया