अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ २९ पैसा, बिक्रीदर १२७ रुपैयाँ ८९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साेमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ २९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४५ रुपैयाँ २९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९७ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८८ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया