मंगलबार, असार १०, २०८२

विवाह बन्धनमा बाँधिए बुद्धि तामाङ

नेपालखोज २०७९ असोज ७ गते १२:१०

काठमाडौं । चर्चित हाँस्य कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । ‘हैट’ थेगोले चर्चा कमाएका तामाङले मकवानपुरकी अनु थिङ तामाङसँग आज तामाङ परम्पराअनुसार लगठगाँठो कसेका हुन् ।

तामाङले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन्। उनले साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन्।

प्रतिक्रिया