मंगलबार, वैशाख १८, २०८१

‘मुभी कोड नआई फिल्मको अग्रिम टिकट बुकिङ नखुलाऊ’

नेपालखोज २०७९ असोज १३ गते १९:५५

काठमाडौं । चलचित्र विकास बोर्डले विदेशी फिल्मको सेन्सर पास भएर मुभी कोड नआएसम्म सिनेमाघरले अग्रिम बुकिङ खुलाउन नपाउने जनाएकाे छ ।

बोर्डले क्यूएफएक्स चेनलाई पत्र काट्दै मुभी कोड र डिष्ट्रिव्युटर कोड उपलब्ध नगराएसम्म कुनै पनि सिनेमाको बुकिङ नखोल्न भनेको हो । 

क्यूएफएक्सले शुक्रबारदेखि रिलिज हुने बलिउड फिल्म ‘विक्रम विधा’को शो बिहीबार सार्वजनिक गरेपछि बोर्ड अध्यक्ष केसीले पत्र काटेका हुन् ।

प्रतिक्रिया