शनिबार, असार १४, २०८२

लकडाउनले स्यानिटाइजर उपभोक्तमाझ पु¥याउन सकस

नेपालखोज २०७६ चैत २७ गते १०:२९

काठमाडौं । कोरोना भाइरस रोकथाममा प्रयोग गरिँदै आएको स्यानिटाइजर लकडाउनका कारण उपभोक्तामाझ पु¥याउन सरकारी स्वामित्तको नेपाल औषधि लिमिटेडलाई सकस भएको छ । ढुवानी गर्न नसक्दा उत्पादन गरिएको ६० हजार बोतल स्यानिटाइजर लिमिटेडको गोदाममै थन्किएको छ ।

लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर काठमाडौँसम्म सीमित भएको छ । उपत्यका बाहिरबाट माग दिनहुँ आइरहे पनि कसरी पु¥याउने भन्नेमा लिमिटेडलाई अन्योल भएको छ । “माग आएको आयै छ, कसरी पु¥याउने भन्ने समस्या छ”, लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले भने, “उपत्यका बाहिर ढुवानी गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसित छलफल भइरहेको छ ।” हाल लिमिटेडले एक सय मिलीलिटरको बोतल दैनिक २० हजारसम्ममा उत्पादन गरिरहेको छ । लिमिटेडको दैनिक ५० हजार बोतल उत्पादन गर्न सक्ने क्षमता छ । लिमिटेडले विभिन्न उद्योगसित अल्कोहल खरिद गरी स्यानिटाइजर उत्पादन गर्ने गरेको छ । लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्यानिटाइजर उत्पादन गरिरहेको छ ।

“दैनिक १० हजारदेखि १२ हजार बोतल खपत भइरहेको छ”, बज्राचार्यले भने, “धेरै उत्पादन ग¥यो भने पनि उपभोक्तासम्म पु¥याउनै सकिन्न ।” स्यानिटाइजर हाल्न १०० मिलीलिटर अटाउने बोतल मात्र काठामाडौँमा उत्पादन हुन्छ । यो भन्दा बढी अटाउने बोतल यहाँ उत्पादन हुँदैन । ठूलो बोतल सबै भारतबाट मगाउनुपर्ने हुन्छ । “लकडाउनका कारण ठूलो बोतल भारतबाट ढुवानी गर्न सकेका छैनौँ”, निमित्त महाप्रबन्धक बज्राचार्यले भने, “भारतबाट बोतल आयात गर्न मन्त्रालयले पहल गरीदिए सजिलो हुन्थ्यो ।” लिमिटेडको हारगुहारपछि सानो बोतल उत्पादन गर्न काठमाडौँका उद्योग तयार भएका हुन् ।

प्रतिक्रिया