शनिबार, असार २१, २०८२

पछिल्लो चौबीस घण्टामा २९ संक्रमित, २३ निको

नेपालखोज २०७९ कार्तिक १५ गते १७:१०

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर २९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ६३४ जनाको नमुना परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण देखिएको हो ।

६१९ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा र १५ सय जनाको एन्टिजेन परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २३ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ५२८ पुगेको छ ।

प्रतिक्रिया