शुक्रबार, वैशाख १२, २०८२

आज नयाँ वर्षको पहिलो दिन तपाईको यो वर्ष शुभ रहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।

नेपालखोज २०७७ वैशाख १ गते ६:०६

आज ०१ बैशाख २०७७ सोमवार को राशिफल

मेष
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धर्म र आस्था बढ्नेछ । सांगीतिक तथा सामाजिक कार्यमा मन जानेछ ।

मिथुन
आज धार्मिक यात्रा र प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

सिंह
आज आस्था र विस्वास बढ्ने योग रहेको छ । घर परिवार र बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

तुला
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु
आज स्वादिष्ट र स्वइच्छाको परिकार खान पाईनेछ । आफ्नो कार्याबाट आत्मिक संतुष्टि मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

कुम्भ
आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक कार्यको योगछ । सामाजिक कार्यमा सफलतापनि मिल्नेछ ।

बृष
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

कर्कट
आज आँटेको र ताकेको कार्यको योजना बन्न सक्छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पारिवारिक समस्यापनि हराएर जानेछ ।

कन्या
कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । सामान हराउनपनि सक्छ । चोटपटकको भयछ, सचेत रहनुहोला ।

बृश्चिक
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । साहित्यिक क्षेत्रमा रुचीपनि बढ्नेछ ।

मकर
आफ्नो दैनिकी कार्यमा व्यवधान आउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनपनि कमजोर रहन सक्छ, धैर्य राख्न जरूरी छ ।

मीन
आज अरुको उपकरमा मन जानेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया