कुन राशिका व्यक्तिले घरमा कस्तो बिरुवा रोप्ने ?

ग्रहअनुसार स्वामी शुभ बनाउनका लागि घरमा विरुवा रोप्नु पर्ने जाेतिषशास्त्रले बताउँछ ।
मेष वा वृश्विक :
जुन व्यक्तिको राशि मेष वा वृश्विक छ ती व्यक्तिले मंगल ग्रहलाई प्रसन्न गर्नका लागि घरमा रातो फूल फूल्ने विरुवा रोप्नु राम्रो हुन्छ ।
वृष वा तुला :
जुन व्यक्तिको राशि वृष वा तुला छ ती व्यक्तिले ग्रह स्वामीको शुक्रलाई प्रसन्न गराउनका लागि घरमा सेतो फूल फूल्ने विरुवा रोप्नु राम्रो रहन्छ ।
मिथुन वा कन्या :
जुन व्यक्तिको राशि मिथुन वा कन्या रहेको हुन्छ ती व्यक्तिले बुध ग्रह स्वामीलाई प्रसन्न बनाउनका लागि घरमा फूल नफूल्ने साना-साना विरुवा रोप्नु राम्रो हुन्छ ।
कर्कट राशि :
कर्कट राशि भएका व्यक्तिले ग्रह स्वामी चन्द्रको प्रसन्न गराउनका लागि घरमा तुलसी वा अन्य साना औषधिजन्य बोट विरुवा रोप्नु राम्रो हुन्छ ।
सिंह राशि :
सिंह राशि भएका व्यक्तिले घरमा रातो रंगको फूल्ने विरुवा रोप्नु शुभ मानिन्छ ।
धनु वा मिन :
जुन व्यक्तिको धनु वा मिन राशि हुन्छ, ती व्यक्तिले ग्रह स्वामी बृहस्पतिको प्रसन्न बनाउनका लागि घरमा पहेलो फूल फुल्ने विरुवा लगाउदा शुभ मानिन्छ ।
मकर वा कुम्भ :
मकर वा कुम्भ राशि भएका व्यक्तिले शनिदेवलाई प्रसन्न बनाउनका लागि फूल नफूल्ने विरुवा रोप्नु शुभ मानिन्छ ।
प्रतिक्रिया