टी-ट्वान्टी विश्वकप : फाइनल पुग्न पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
नेपालखोज
२०७९ कार्तिक २३ गते ८:०१

काठमाडाैं । टी-ट्वान्टी विश्वकपको पहिलो सेमिफाइनल खेल आज पाकिस्तान र न्युजिल्याण्डबीच हुँदैछ । पछिल्लो पटक सन् २०२१ मा सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । यस्तै न्युजिल्यान्डको नजर पनि यस पटक उपाधि जित्नेमा छ । गत वर्ष फाइनलमा अस्ट्रेलियाली टोलीसँग पराजित भएकाे थियाे ।
सुपर-१२ राउण्डमा पाकिस्तानले पहिलो दुई खेलमा हार बेहोरेको थियो । त्यसपछि उसको सेमिफाइनलको दौडबाट बाहिरिने लगभग निश्चित थियो । त्यसपछि नेदरल्याण्ड र दक्षिण अफ्रिकालाई हराएर लयमा फर्किएकाे थियाे । पाकिस्तान र न्युजिल्याण्डबीचकाे पहिलाे सेमिफाइनल दिउँसाे पाैने २ बजेदेखि सुरुहुने छ।
सम्बन्धित
प्रतिक्रिया