आइतबार, वैशाख २८, २०८२

कतारमा हुने फिफा विश्वकपलाई सफल बनाउन नेपाली समुदायलाई आग्रह

नेपालखोज २०७९ कार्तिक २३ गते २२:३०

काडमाडाैं । कतारको दोहास्थित नेपाली दूतावासले फिफा विश्वकप प्रतियोगितालाई सफल बनाउन त्यहाँस्थित नेपाली समुदायलाई आग्रह गरेको छ । दूतावासले कतारमा क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाले सम्पादन गर्नुपर्ने कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्च मर्यादासहित विश्वकप सफल बनाउन आग्रह गरेको हो ।

विश्वकप प्रतियोगिता भएका कारण विश्वको ध्यान कतारको दोहातर्फ केन्द्रित भएको जनाउँदै कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले विश्वकपलाई सफल बनाउन जिम्मेवारपूर्वक सहयोग गर्न आग्रह गरे । यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म फिफा विश्वकप एशिया क्षेत्रको कतारमा हुँदैछ ।

नेपालीले कतारको विकास तथा समृद्धिका लागि पु¥याएको योगदानको कतार सरकारका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरिरहेको भन्दै उनले दुवै मुलुकले अन्तर्राष्ट्रियस्तरमा शान्ति र विकासका लागि समान धारणा राख्दै आएको स्मरण गरेका छन् ।

राजदूत ढकालले दुई देशबीचको सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकसित गर्दै अझ उच्चस्तरमा पु¥याउन सबैले सकारात्मक भूमिका र जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया