शनिबार, असार २१, २०८२

के कोरोनाक‍ो महामारी समाप्त भयो ?

नेपालखोज २०७९ कार्तिक २४ गते ९:१७

विगत तीन वर्षदेखि कोरोनाको कहरले हजारौंको ज्यान लिइसकेको छ । लाखौं जनताको जीवनमा सुन्यता छाएको छ । एक हिसाबले संसारको कोर्स नै परिवर्तन भयो । यद्यपि कोरोनाको अन्त्य हुन्छ कि हुँदैन कसैलाई थाहा छैन । केही समययता कोरोनाको प्रकोप कम भएको र कोरोनाको अन्त्य नजिकिँदै गएको देखिए पनि यो विश्वको कुनै न कुनै कुनामा कोरोनाले आफ्नो रंग देखाउन थालिहाल्छ ।

यस्तो अवस्थामा कोरोनाको अन्त्यको भविष्यवाणी गर्नु विज्ञहरुका लागि समेत चुनौती हो । विज्ञहरू कोरोना समाप्त भएको कुरामा सहमत छैनन्, तर सार्वजनिक जोखिमको हिसाबले कोरोना समाप्त भएको कुरामा लगभग एकमत छन् । अहिले पनि विज्ञहरूले सरकारलाई कोरोना निर्मूल गर्न थुप्रै कदम चाल्नुपर्ने सुझाब दिइरहेका छन् । झण्डै एक सय देशका विभिन्न विषयका विज्ञहरूले छवटा विषयवस्तु पहिचान गरेका छन्, जसका कारण कोरोनाबाट हुने मृत्युलाई अझ कम गर्न सकिन्छ । यसका लागि निरन्तर प्रयास चाहिन्छ ।

त्यसमा कोरोनाको अवस्थाको नियमित समिक्षा गरी स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नमा जोड दिन सरकारलाई विभिन्न माध्यमबाट समाजमा पुग्न आग्रह गरिएको छ । कोरोनाको उपचारसँगै अहिले पनि कोरोना भ्याक्सिन लगाउने कुरामा विज्ञहरुले जोड दिएका छन् । विज्ञहरूको उक्त प्यानलले अझै पनि नयाँ प्रविधिमा आधारित पूर्ण प्रभावकारि भ्याक्सिन विकास गर्न जोड दिएको छ ।

प्यानलका विज्ञहरूले आफ्नो अध्ययनका आधारमा विश्वभरका सरकारहरूलाई यस्तो सल्लाह दिएका हुन् । यो अध्ययन नेचर जर्नलमा प्रकाशित भएको छ । ६५ लाख मानिसको मृत्यु अक्टोबर २०२२ सम्ममा ६३ करोड मानिस कोरोना संक्रमित भइसकेका छन् र तीमध्ये ६५ लाख मानिसको मृत्यु भएको छ ।

यससँगै क्यान्सर, रक्तचाप, मधुमेहजस्ता अनेकौं दीर्घकालीन रोगका बिरामीलाई कोरोनाका कारण उपचार पाउन कठिन भएको थियो, ती मध्ये कतिपयको मृत्युसमेत भयो । कोरोनाका कारण भ्रामक हल्ला, खोप लिन हिचकिचाहट, विश्वव्यापी समन्वयको अभाव र सुविधाको वितरणको ठूलो अभाव लगायतका धेरै निर्दयी सत्यहरु पनि बाहिर आए ।

प्रतिक्रिया