इंग्ल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा
नेपालखोज
२०७९ कार्तिक २४ गते २०:२४

काठमाडाैं । भारतमाथि कीर्तिमानी जित निकाल्दै इंग्ल्यान्ड विश्वकप टि २० क्रिकेटकाे फाइनल प्रवेश गरेकाे छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा भारतमाथि १० विकेटको जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हाे ।
भारतले दिएकाे १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरे पनि इंग्ल्यान्डले विना विकेटको क्षतिमा १६ ओभरमा पूरा गर्याे ।इंग्ल्यान्डले उपाधिका लागि आइतबार पाकिस्तानको सामना गर्नेछ । हारपछि भारत भने प्रतियोगिताबाट बाहिरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया