नवलपुर : दुवै क्षेत्रमा कांग्रेसको अग्रता कायमै

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जारी मतगणनामा प्रतिनिधिसभाका दुवै क्षेत्रमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । दुवै क्षेत्रमा सुरुआती अग्रता कायम गरेको कांगे्रसले त्यो लयलाई अझ कायम राखेको छ । प्रतिनिधिसभा १, तर्फ कांगे्रसका उम्मेद्वार डा. शशाङ्क कोइरालाले एक हजार एक सय ७९ मतको अग्रता कायम गरेका छन् ।
उनले दुई हजार नौ सय ९४ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेद्वार कृष्ण पौडेल एक हजार आठ सय १५ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २, तर्फ कांगे्रसका उम्मेद्वार विष्णुकुमार कार्कीले छ सय १९ मतको अग्रता कायम गरेका छन् । उनले सात हजार आठ मत प्राप्त गर्दा एमालेका उम्मेद्वार तिलबहादुर महत क्षेत्रीले छ हजार तीन सय ८९ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ दुई गठबन्धनको अग्रता रहेको छ भने दुईवटामा एमालेको अग्रता कायम छ ।
प्रदेशसभा १ (१) कांग्रेसका उम्मेद्वारले दुई हजार छ सय ९७ र एमालेका उम्मेद्वारले दुई हजार एक सय ५६ मत प्राप्त गरेका छन् । प्रदेशसभा १ (२)मा माओवादी केन्द्रका उम्मेद्वारले दुई हजार पाँच सय ८८ मत प्राप्त गर्दा एमालेका उम्मेद्वारले दुई हजार ५० मत प्राप्त गरेका छन् ।
प्रदेशसभा २ (१)मा एमालेका उम्मेद्वारले सात हजार दुई सय ६६ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेद्वारले पाँच हजार दुई सय ७८ मत प्राप्त गरेका छन् । प्रदेशसभा २(२)मा एमालेका उम्मेदवारले सात हजार ३७ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवारले चार हजार नौ सय छ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया