मंगलबार, असार २४, २०८२

मोरङ – ६ मा कोइराला अग्रस्थानमा

नेपालखोज २०७९ मंसिर ६ गते १०:१९

मोरङ । मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले एक हजार सात सय ७७ मत ल्याएका छन् ।

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले चार हजार छ सय ९६ मतगणनामा गर्दा नेकपा (एमाले)का लालबाबु पण्डितले एक हजार छ सय ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले पाँच सय १३ प्राप्त गरेका छन् ।

यसैगरी क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले एक हजार नौ सय ४६, नेकपा (माओवादी केन्द्र)का जीवन आचार्यले एक हजार चार सय १२ र राप्रपाका हीरा भट्टराईले आठ सय ५७ मत ल्याएका छन् । उनीहरुले चार हजार छ सय ६९ मतगणना गर्दा उक्त मत प्राप्त गरेका हुन् ।

यस्तै क्षेत्र नं ५ प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी)ले तीन हजार छ सय ९३,जसपा नेपालका राजकुमार यादवले तीन हजार दुई सय ९४ र नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले तीन हजार एक सय २२ मत प्राप्त गरेका छन् । उनीहरुले १२ हजार तीन सय ८२ मतगणना गर्दा उक्त मत प्राप्त गरेकाे सूचना अधिकारी बुढाथोकीले बताए ।

यसैगरी क्षेत्र नं ५‘क’ प्रदेश सभातर्फ कांग्रेसका गयानन्द मण्डल गनगाईले पाँच हजार छ सय १८, एमालेका सन्तोषकुमार साहले चार हजार आठ सय ९९ र स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले दुई हजार एक सय ७४ मत ल्याएका छन् । उनीहरुले मतगणना भएको १५ हजार आठ सय १३ मा उक्त मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया