मंगलबार, असार २४, २०८२

काठमाडौं १०, कांग्रेसका केसी अगाडि

नेपालखोज २०७९ मंसिर ६ गते १०:४७

काठमाडौं । काठमाडौं को निर्वाचन क्षेत्र नम्बर १० मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी अग्रस्थानमा रहेका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार उनले चार हजार आठ सय एक मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीक प्रदीप विष्टले तीन हजार तीन सय ७८ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हिमेस केसीले दुई हजार आठ सय ८२ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत फणेश्वरी घिमिरेकाअनुसार अहिलेसम्म १६ हजार आठ सय १५ मत गणना सकिएको छ ।

ती मध्ये छ सय ९९ मत बदर भएको छ । निर्वाचनमा ५३ हजार छ सय ४५ मत खसेको थियो । उक्त क्षेत्रमा १८ दलका र तीन स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया