सोमबार, असार २३, २०८२

संखुवासभामा कांग्रेसका खड्कालाई सुरुवाती अग्रता

नेपालखोज २०७९ मंसिर ६ गते १९:०२

संखुवासभा । संखुवासभाको मतगणनामा नेपाली कांग्रेसका उम्मेद्वार दीपक खड्काले सुरुवाती अग्रता लिएका छन् । सात सय मतगणना हुँदा खड्काले तीन सय ३५ मत पाएका छन् । नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतमले तीन सय ३२ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा गठबन्धनकोतर्फबाट खड्का र नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्दा देखिएको छ । मतगणना आज दिउँसो २ बजेदेखि सुरु भएको हो ।

जिल्लामा एक लाख १७ हजार पाँच सय ५४ मतदातामध्ये ६५ हजार आठ सय ९२ मत खसेको थियो । संखुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ जना उम्मेद्वार चुनावी मैदान थिए । रासस

प्रतिक्रिया