भक्तपुर–१, तनहुँ–२, बागलुङ–१ र २ (१) मा कांग्रेसका उम्मेद्वार विजयी

काठमाडाैं । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् । यहि मङसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेद्वारका रूपमा रहनुभएका कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार चार सय २४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेद्वार मोहनवीर श्रेष्ठलाई एक हजार दुई सय १२ मतान्तरले पछाडि पार्दै कांग्रेसका उम्मेद्वार श्रेष्ठ विजयी भएका हुन् ।
त्यस्तै, तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी भएका हुन् । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरेका तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । प्रतिस्पर्धी नेकपा (एमाले)का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गरे ।
त्यसैगरी, बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले नेकपा (एमाले)का उम्मेद्वार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गरेका हुन् । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गरेका छन् । थापा पाँचदलीय गठबन्धका साझा उम्मेद्वार थिए । यस क्षेत्रमा थापा र केसीसहित पाँच जनाको उम्मेदवारी परेको थियो ।
बागलुङ–२ (१) मा कांग्रेसका शेरचन विजयी
बागलुङ–२ (१) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी भएका छन् । शेरचनले स्वतन्त्र उम्मेद्वार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गरेका हुन् । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरेका छन् । शेचरन पाँचदलीय गठबन्धनका साझा उम्मेद्वार थिए भने घर्तीलाई नेकपा (एमाले)ले सघाएको थियो ।
प्रतिक्रिया