सोमबार, असार २३, २०८२

काठमाडौं–७ (१)मा नेकपा (एस)का मानन्धर विजयी

नेपालखोज २०७९ मंसिर ७ गते ९:५२

काठमाडाैं । काठमाडौं–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१)को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिए ।

यस्तै नेकपा (एमाले)का उम्मेदवार जीवन मानन्धरले तीन हजार दुई सय पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोजिना गुरुङले दुई हजार नौ सय ६० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया