झापा क्षेत्र नम्बर १ : विश्वप्रकाश शर्माको जित सुनिश्चित
नेपालखोज
२०७९ मंसिर ७ गते ११:२४

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित पक्का भएकाे छ । पछिल्लो मतपरिणामका आधारमा गणना हुन बाँकीभन्दा बढी मत प्राप्त गरिसकेको शर्माकाे जित पक्का भएकाे हाे ।
झापा क्षेत्र नम्बर १ मा ११ हजार ३९१ गन्न बाँकी रहेकाे छ । तर उनकाे आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा १२ हजार ६८० मतले अगाडि छन् । शर्माले ३४,५०८ मत पाउँदा खरेलकाे २१८२८ मत पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया