बागलुङ १ मा मतान्तर बढाउँदै चित्रबहादुर केसी
नेपालखोज
२०७९ मंसिर ७ गते ११:३२

बागलुङ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन् । सोमबारदेखि सुरु भएको मतगणनामा आज बिहान ८ बजेदेखि हालसम्म ३० हजार एक सय ४६ मत गणना सकिएको छ । जसमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका केसीले १२ हजार चार सय मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा (एमाले)का डा. सूर्यप्रसाद पाठकले १० हजार आठ सय ८२ मतका साथ पछ्याइरहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पाँच हजार दुई सय ४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले चार सय २९, नेपाली कांग्रेस बीपीका शिवलाल सापकोटाले ५५ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले एक सय २५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिए । हालसम्म एक हजार ३४ मत बदर भएको छ ।
सम्बन्धित
प्रतिक्रिया