सोमबार, असार २३, २०८२

काठमाडौं–४ : प्रदेशसभा १ मा कांग्रेसका लामिछाने र २ मा एमालेका थापा विजयी

नेपालखोज २०७९ मंसिर ७ गते १२:२६

काठमाडाैं । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४, प्रदेशसभा १ को प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी भएका छन् । उनले सात हजार एक सय २५ मतका साथ विजयी भएका निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिए ।

यस्तै यसै निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश २ को प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन् । उनले दश हजार तीन सय १७ मतसहित निर्वाचित भएका निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

प्रतिक्रिया