सोमबार, असार २३, २०८२

झापा क्षेत्र नं–२ को प्रदेश (२) बाट पाठक विजयी

नेपालखोज २०७९ मंसिर ७ गते १७:५०

झापा । झापा क्षेत्र नं २ को प्रदेश (२) बाट नेकपा (एमाले)का उम्मेदवार चिन्तन पाठक निर्वाचित भएका छन् । उनी २० हजार एक सय ४८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका खगेन्द्र मैनालीले १६ हजार तीन सय ४४ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।

यसअघि नै प्रदेश (१) बाट एमालेकै एकराज कार्की विजयी भइसकेका छन् । उनले १८ हजार सात सय ३१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का पुष्पराज पोखरेल छ हजार एक सय एक मत प्राप्त गरी पराजित भएका थिए ।

प्रतिक्रिया