सोमबार, असार २३, २०८२

महेश बस्नेतलाई पराजित गर्दै भक्तपुर–२ मा कांग्रेसका थापा निर्वाचित

नेपालखोज २०७९ मंसिर ८ गते ५:५७

काठमाडाैं । भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वार दुर्लभ थापा विजयी छन् । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उनले नेकपा (एमाल)का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गरेका हुन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो ।

सो मध्ये कांग्रेसका उम्मेद्वार थापाले २४ हजार दुई सय ३८ मतले अग्रता प्राप्त गरी विजयी भएका छन‍् भने उनका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया