सोमबार, असार २३, २०८२

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने

नेपालखोज २०७९ मंसिर ८ गते ६:१७

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानहरुमा हुस्सु लागेको तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यस्तै, आज राति देशभर मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी, विभागले तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया