सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेत विजयी
नेपालखोज
२०७९ मंसिर ९ गते ६:२५

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेद्वार शेरबहादुर तामाङलाई पराजित गरेका हुन् । बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् ।
कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएका जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए । सिन्धुपाल्चोक–२ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो ।
तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए । सिन्धुपाल्चोक–२ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया