आइतबार, असार २२, २०८२

सिरहा-३ (२) मा यादव निर्वाचित

नेपालखोज २०७९ मंसिर ९ गते ९:५६

सिरहा । प्रदेशसभाअन्तर्गत सिरहा जिल्ला निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा (एकीकृत समाजवादी)का प्रमोदकुमार यादव निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार बिहीबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यादवले नौ सय ६२ मतान्तरसहित नौ हजार नौ सय ७६ मत प्राप्त गरेका छन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सञ्जयप्रकाश यादवले आठ हजार १४ मत प्राप्त गरे । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार जनता समाजवादी पार्टीबाट रेणुकुमारी यादवले ६ हजार सात सय ७९ मत प्राप्त गरे ।

प्रतिक्रिया