आइतबार, असार २२, २०८२

गुल्मी-१ मा कांग्रेसका डा. चन्द्र भण्डारी विजयी

नेपालखोज २०७९ मंसिर ९ गते १३:५५

गुल्मी । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि पार्दै उनी विजयी भएका हुन् ।

यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेकामा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरे ।

आज दिउँसो १ बजे सकिएको मतगणनापछि भण्डारीको विजयी घोषणा गरिएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । कूल एक लाख १९ हजार दुई सय ८८ मतदाता थिए । गुल्मीको सदरमुकाम तम्घाससँगै पूर्वी यो क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका–७ देखि १४ सम्मका वडा पर्दछन् ।

यो विजयसँगेै कांग्रेसका भण्डारी दुई पटक सांसद बनेका छन् । उनले २०७० मा पनि यसै क्षेत्रमा विजयी हासिल गरेका थिए ।

प्रतिक्रिया